Home / Politics / सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

नीति तथा कार्यक्रममा सांसदहरुले उठएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयो ।

सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

संसदको अर्को बैठक जेठ १३ गते बस्नेछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *