Home / Nepal / News / काठमाडौ बासिको लागी खुशिको खवर, टोल टोलमा पीसीआर परीक्षण

काठमाडौ बासिको लागी खुशिको खवर, टोल टोलमा पीसीआर परीक्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल-टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

सरकारी निर्णयअनुसार केही समय बन्द रहेको स्वाब संकलनको काम महानगरले सुरु गरेपछि स्थानीय खुसी भएका हुन् । वडा कार्यालयहरुमार्फत जनशक्ति परिचालन गरी पीसीआर परीक्षणका लागि महानगरले स्वाब संकलन गरिरहेको छ । स्थानीय आदर्श लामिछाने महानगरको उक्त कामलाई समुदायको सुरक्षाका लागि राम्रो कदम भएको बताउँछन् ।

काठमाडौं महानगरपालिकाले अझ बृहत् रुपमा स्वाब संलकन गर्न सके सबैको पहुँचमा पुग्ने स्थानीयको आशा छ । अहिले विभिन्न मापदण्ड बनाएर स्वब लिइरहेको महानगरलाई स्थानीय उद्धवप्रसाद लामिछाने अधिकांश जनता सःशुल्क परीक्षण गर्न सक्ने अवस्थामा नभएकाले अभियानलाई बृहत् बनाउनुपर्ने सुझाउँछन् ।

अर्का स्थानीय फाल्गुणी दाहाल केही समय बन्द भएर पुनः नि:शुल्क स्वाव संलकन भइरहेकामा खुसी व्यक्त गर्दै महानगरपालिकाले मात्रै नभएर अन्य ठाउँमा पनि यसरी नै अभियान चलाउनुपर्ने बताउँछन् ।

काठमाडौं महानगरपालिका ६ का वडाध्यक्ष दीपेन्द्र लामाले संक्रमितको संख्या बढ्दै गएपछि कन्ट्याक ट्रेसिङ र सरकारले तोकेको मापदण्डका आधारमा स्वाब संकलन थालिएको बताउँछन् । संक्रमित एकाघरका ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब पनि संकलन थालिएको हो ।

कोरोनाको निःशुल्क परीक्षण नगर्ने सरकारी निर्णय सर्वोच्च अदालतको आदेशपछि बदर भएपछि  अहिले सरकार र स्थानीय तहहरुले मापदण्ड बनाएर कोरोना परीक्षण गरिरहेका छन् । अन्य जिल्लाहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि काठमाडौं उपत्यकामा भने दिनदिनै संक्रमित बढीरहेका छन् । महानगरपालिकाले अशक्त, वृद्धवृद्धाहरुको मोबाइल भ्यानमार्फत स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *