Home / Nepal / News / सरकारले सगरमाथाको नयाँ उचाइ चाडै सार्वजनिक गर्ने

सरकारले सगरमाथाको नयाँ उचाइ चाडै सार्वजनिक गर्ने

काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सगरमाथाको नयाँ उचाइ यसै महिना सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नयाँ उचाइ सार्वजनिकका लागि स्वीकृत प्रदान गरेको मन्त्री पद्मा कुमारी अर्यालले बताइन् ।

तर उनले अहिले नै सगरमाथाको उचाइ सार्वजनिक नगरिने बताइन् । विशेष कार्यक्रमको आयोजना गरेर उचाइ सार्वजनिक गरिने उनको प्रतिक्रिया थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *