Home / Nepal / News / सुनको मूल्य सामान्य घट्यो,चाँदीको मूल्य सामान्य बढ्यो

सुनको मूल्य सामान्य घट्यो,चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं : सुनको भाउ सामान्य घटेको छ भने चाँदीको बढेको छ। आज सुनको भाउ तोलामा सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ८०० रुपैयाँ कायम गरेको छ। शुक्रबार ९० हजार ९०० थियो। यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा सय रुपैयाँले घटेर तोलाको ९० हजार ३०० कायम भएको छ।गएको शुक्रबार तोलाको ९० हजार ४०० थियो।

चाँदीको भाउ भने बढेको छ। आजका लागि चाँदीको मूल्य तोलाको १३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सुनको भाउ तोलामा सय रुपैयाँले घटेको दिन चाँदी भने १५ रुपैयाँले बढेको हो। गएको शुक्रबार तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *