Home / Society / नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिएपछि सपनाले दिइन् विनयजंगविरूद्ध जाहेरी

नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिएपछि सपनाले दिइन् विनयजंगविरूद्ध जाहेरी

काठमाडौं : पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा सपना रोका मगर र बिनय जंग बस्नेत चर्चामा रहेका छन्।

बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी १९ वर्षीया सपना रोका मगरले आफूलाई विनयजंग बस्नेतले धम्की दिएको भन्दै उनी विरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छिन्।

महानगरीय प्रहरी परिसर काठमडौंका एसएसपी अशोक सिंहका अनुसार बस्नेतले युट्युबमा सपना रोका मगरका नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिएपछि उजुरी आएको हो।

जाहेरी दर्ता भइसकेको र पक्राउ पुर्जी लिन टोली अदालत गएको छ। बस्नेतविरुद्ध अभद्र व्यवहारमा पुर्जी लिइनेछ। बस्नेत अहिले काठमाडौंबाहिर रहेको प्रहरीले जनाएको छ।

सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए त्यसकै कारण विश्वका सय प्रभावशाली महिलाको सूचीमा उनी परेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *