Home / Nepal / काठमाडौंको बेग्लाबेग्लै ठाउँमा दुईजना मृत फेला

काठमाडौंको बेग्लाबेग्लै ठाउँमा दुईजना मृत फेला

काठमाडौं : काठमाडौंको बेग्लाबेग्लै ठाउँमा दुईजना मृत अवस्थामा फेला परेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका ६, मूलपानी लालीगुराँस टोलमा डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका ४, घर भएका ३७ वर्षीय दीपेश लामा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका ८, स्थित वाग्मती खोला किनारमा सोही महानगरपालिका ७, मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *