Home / Nepal / चन्द्रागिरि हिल्सले निकाल्ने आईपीओको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

चन्द्रागिरि हिल्सले निकाल्ने आईपीओको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

काठमाडौं । नागरिक लगानी कोषले चन्द्रागिरि हिल्सले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को प्रत्याभूति गर्ने भएको छ । 

कोष र चन्द्रागिरि हिल्सबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर निष्कासन एवं प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ । 

उक्त प्रत्याभूतिमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरे ।

 कोषले चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैयाँबराबरको सेयर प्रत्याभूत गर्ने सम्झौता भएको हो । 

चन्द्रगिरि हिल्सले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *