काठमाडौं : नेपाली बजारमा आज सुन-चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ८९ हजार कायम गरेको छ।
गत शुक्रबार तोलाको ८८ हजार २ सयमा कारोबार भएको सुनको भाउ शुक्रबारको तुलनामा आइतबार तोलामा ८ सय रुपैयाँले बढेको हो।
यस्तै तेजाबी सुनको भाउ पनि आइतबार बढेर ८८ हजार ५ सय ५० पुगेको छ। तेजाबी सुनको भाउ गत शुक्रबार तोलाको ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको भाउ पनि एकै दिन तोलामा २५ रुपैयाँले बढेको छ। गत शुक्रबार तोलाको १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






