Home / Uncategorized / चौरजहारी काण्डका आरोपित १८ जनाविरुद्ध १० दिनको म्याद थप

चौरजहारी काण्डका आरोपित १८ जनाविरुद्ध १० दिनको म्याद थप

दाङ । रुकुम पश्चिमको चौरजहारी काण्डका आरोपित १८ जनाविरुद्ध १० दिनको म्याद थप भएको छ । प्रहरीले अभियुक्तहरूलाई १२ दिनपछि जिल्ला अदालतमा म्याद थपका लागि बिहीबार उपस्थित गराएको थियो ।

त्यसपछि अदालतले उनीहरूलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको हो । 

रुकुमको चौरजहारीको सोती गाउँमा मल्ल थरकी प्रेमिकालाई भगाएर ल्याउन भनी गएका जाजरकोटका नवराज विकसहितका १९ युवालाई स्थानीयले लखेटी–लेखटी आक्रमण गरेको अभियोग छ ।

पीडित पक्षले किटानी जाहेरी दिएकामध्ये २ जनालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । चौरजहारी घटनाका पीडित परिवारले २० जनाविरुद्ध कतर्बज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।

उक्त घटनामा परि जेठ १० गते बेलुका जाजरकोटको भेरी नगरपालिकाका २१ वर्षीय नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही, रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ का टीकाराम नेपालीको मृत्यु भएको थियो ।

उनीहरूको शव खोजी गर्दा बिभिन्न समयमा नदी किनारमा फेला परेको थियो ।

उक्त घटनाको आरोपीमध्ये चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बुबाआमासहित १८ जनालाई प्रहरीले १२ गते पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले घटनाका आरोपीमध्ये दुईजना फरार रहेको र उनीहरूको खोजी जारी रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *