काठमाडौं : नेपाल आयल निगमले बुधबार मध्यरात बाट इन्धनको मूल्य वृद्धि गरेको छ।
भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको हो।
यसै गरि निगमले हवाई इन्धनको मूल्य भने यथावत रहने जनाएको छ।






