Home / Nepal / रोकिएन कंगनाको आक्रोस

रोकिएन कंगनाको आक्रोस

एजेन्सी । महाराष्ट्र सरकार, शिवसेना नेता सञ्‍जय राउत र कंगना रनौतबीचको वाकयुद्ध पुनः एकपटक उठेको छ । हालै सञ्‍जय राउतले सेनाको मुखपत्र ‘सामना’ मा लेखेको कुरापछि कंगना उनीप्रति एकपटक फेरि आक्रोशित भएकी हुन् ।

राउतले लेखेका छन्, “यो दुर्भाग्यपूर्ण कुरा हो कि कंगनाले मुम्बईलाई पीओकेसँग तुलना गर्दा पनि मुख्य विपक्षी पार्टी बीजेपी उनलाई समर्थन गरिरहेको छ ।” राउतको यही कुरामा आक्रोशित हुँदै कंगनाले ट्‍‌विटरमार्फत आफ्नो आक्रोश व्यंग्यात्मक रुपमा पोखेकी छिन् । उनले लेखेकी छिन्, “वाह ! दुर्भाग्यवस, बीजेपीले यस्तो व्यक्तिलाई बचाइरहेको छ जसले ड्रग्स र माफियाको पर्दाफास गरेका छन्, यसको सट्टा बीजेपीले शिवसेनाका गुन्डाहरू लगाएर मेरो मुख फोर्ने वा मेरो बलात्कार गर्न लगाउनुपर्ने होइन र सञ्‍जयजी ? आखिर उनको (बीजेपी) को हिम्मत कसरी भयो एक महिलालाई बचाउन माफियाविरुद्ध खडा भएका छन् ?”

कंगनाले मुम्बईको तुलना पाकिस्तानसँग गरेदेखि शिवसेना कंगनालाई आक्रमण गरिरहेको छ । उक्त तुलनामा कंगनाले ‘फिल्म माफिया’ भन्दा मुम्बई प्रहरीसँग बढी डराउने भनेकी छिन् । -नवभारत टाइम्स

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *