युइएफए नेसन्स लिगमा फ्रान्सले विजयी सुरुवात गरेको छ। शनिबार भएको समूह ए-३ को खेलमा फ्रान्सले स्विडेनलाई उसैको मैदानमा १-० गोलले पराजित गर्यो।
फ्रान्सको जितमा युवा फरवार्ड केलियन एमबाप्पले गरेको एक गोल नै निर्णायक बन्यो।उनले खेलेको ४१ मिनेटमा गोल गरेका थिए। तीन जना डिफेन्डरलाई छक्काएर एमबाप्पेले बललाई गोलपोस्टको दिशा दिएका थिए।
खेलको अन्तिम समयमा फ्रान्सका खेलाडी एन्टोनी ग्रीजम्यानको पेनाल्टी प्रहार खेर गएपछी फ्रान्स अग्रता दोब्बर बनाउन चुकेको थियो।
यता समूहकै अर्को खेलमा पोर्चुगलले क्रोएसियालाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। पोर्चुगलको जितमा क्यानसेलोले ४१ मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै जोर्टाले ५८ मिनेटमा, सेक्युराले ७० मिनेट र आन्द्रे सिल्भाले दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा गोल गरे।
सो खेलमा पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रोनाल्डो घाइते भएका कारण अनुपस्थित थिए।
जितसँगै समूह ए- ३ मा पोर्चुगल ३ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको फ्रान्सले पनि ३ अंक नै जोडेको छ।






