Home / Nepal / आज मछिन्द्रनाथ रथ तानिदै दिउँसो ३ बजे सुभसाइत

आज मछिन्द्रनाथ रथ तानिदै दिउँसो ३ बजे सुभसाइत

यस वर्ष कोरोना महामारीका कारण मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुर्याउन सम्भव नभएकोले रथलाई आज दिउँसो तीन बजे ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको छ।

आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराएर रथ तान्ने व्यवस्था गरिएको बताइएको छ।

कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नभएकोले सामाजिक दूरी कायम राख्दै हातैले रथ तानिने छ।

रथ भएको स्थानबाट सोह्रखुट्टे पाटी नजिकै भएकोले करिब ४० फिट जतिमात्र रथ तान्नु पर्ने आयोजकले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *