Home / Nepal / News / डोटी कारागारका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप, चारजनाले लगाउन मानेनन्

डोटी कारागारका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप, चारजनाले लगाउन मानेनन्

डोटी : जिल्ला कारागार डोटीमा रहेका ८० जना कैदिलाई जिल्ला स्वास्थ्य कार्यालय डोटीले कोरोनाविरुद्धको खोप लगाइएको छ।

कारागारमा बन्दी जीवनयापन गरिरहेका ५० जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका ३० जना सुरक्षामाकर्मीलाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए। कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ८४ जना भए पनि चारजना कैदीबन्दीले उक्त खोप लगाउन नमानेको उनले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्टलाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई उक्त खोप लगाउने योजनाअनुसार कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाउन सुरु गरिएको जनाएको छ। अहिले यहाँका नौ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए।

पहिलो चरणको खोप कम्तीमा पनि ६ दिनभित्रमा लागाइ सकिने योजना भए पनि उक्त म्याद दुई दिनका लागि थप गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *