Home / Politics / पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न नेकपाको माग

पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न नेकपाको माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहले बिहीबारको देशव्यापी आमहड्ताल शान्तिपूर्ण रहे पनि सरकार तर्सिएर नेताहरुलाई पक्राउ गरेको आरोप लगाएको छन्। उक्त समुहले पक्राउ परेका नेताहरु रिहा गर्न माग गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ। “शान्तिपूर्ण आन्दोलनबाट तर्सेको सरकारले बिहानै काठमाडौंबाट हाम्रो पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, विजय पौडेल, अमता थापा, कृष्ण केसी, तनहुँबाट प्रतापलाल श्रेष्ठका साथै देशभरका सयौं नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ।
भने जनकपुरमा शान्तिपूर्ण जुलुशमाथि प्रहार गरी स्थायी कमिटी सदस्य कमरेड मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य कमरेड रामचन्द्र झालगायतलाई सख्त घाइते बनाएको छ। सरकारको यस दमनकारी, निरंकुश र कायर हर्कतको हाम्रो पार्टी घोर भर्त्सना गर्दै गिरफ्तार नेताहरूलाई अविलम्ब रिहा गर्न माग गर्दछ,“।

“शान्तिपूर्ण आन्दोलनमार्फत वर्तमान सरकारका प्रतिगामी कदमहरूलाई पराजित गर्न आम हड्तालमा प्राप्त जनसमर्थनले हामीलाई उत्साहित बनाएको छ र संघर्षका माध्यमबाट हरहालतमा यस प्रतिगामी कदमलाई परास्त गर्ने ऊर्जा प्रदान गरेको छ। यसकालागि आम जनसमुदायलाई आन्दोलनमा गोलबन्द हुन हाम्रो पार्टी अपिल गर्दछ,“ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *