Home / Nepal / सप्तरीको तिलाठीकोइलाडीमा आगलागी,६ लाखको क्षति

सप्तरीको तिलाठीकोइलाडीमा आगलागी,६ लाखको क्षति

सप्तरी : सप्तरीको तिलाठीकोइलाडी गाउँपालिकामा आज कुखुरा फार्ममा आगलागी हुँदा ६३० कुखुराको चल्ला जलेर मरेका छन् ।

तिलाठीकोइलाडी गाउँपालिका–७, कट्टीटोलस्थित संगीता कृषि फार्ममा बिजुलीको तार सर्ट भई सल्किएको आगोले ६३० कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ ।

कुखुराको फार्मसहित ६३० कुखुराको चल्ला, २० बोरा दाना, पंखाहरु जलेर नष्ट हुँदा करिब ६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

वारुणयन्त्र जाने बाटो नहुँदा आगो निभाउन वारुणयन्त्र पुग्न नसकेको कृषि फार्मका सञ्चालक चन्द्रभूषणकुमार सिंहले (राजन) जानकारी दिए। प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *