काठमाण्डौ – अक्सिजनको अभाबममा भारतको राजधानी नयाँ दिल्ली स्थित एक अस्पतालमा ८ जना कोरोनाका बिरामीको ज्यान गएको छ ।ज्यान गुमाउनेमा अस्पतालका बिभागिय प्रमुख समेत रहेको बुझिएको छ।
अस्पतालले बिहान सूचना जारी गरी २ घण्टाको लागि मात्रै अक्सिजन मौज्दात रहेको जनाएता पनि अक्सिजनको ब्यावस्था गर्न नसक्दा ८ जनाको ज्यानले ज्यान गुमाएका हुन।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक ट्वीट गर्दै केन्द्र सरकारले दिल्लीलाई कोटा अनुसारको अक्सिजन नदिएकाले बिरामीको ज्यान गएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ ।






