Home / Nepal / डा. भट्टराईलाई खुल्ला पत्र : डा. साहेब अब हाम्रो थर होइन व्यवहार परिबर्तन गरौ

डा. भट्टराईलाई खुल्ला पत्र : डा. साहेब अब हाम्रो थर होइन व्यवहार परिबर्तन गरौ

विवेक लम्साल
बि.एसजी एजी आठौं संक्रान्त


मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ कवि लक्ष्मीप्रसाद देवकोटाकृत मुनामदनको यो पद्यांश सुन्दा जति प्रिय लाग्छ, यसको भाव पनि त्यति नै गहिरो छ ।

अहिलेको सताब्दीमा आएर पनि छुवाछूत र भेदभाव गर्नु घृणित कार्य हो ।


हिन्दुग्रन्थ गीतामा गुण र कर्मका आधारमा विभाग गरेर ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र यी चार वर्ण व्यवस्था गरिएको भनीएको छ ।


सो बिभाजन गुण र कर्मका आधारमा भएको हो नाकि जात को आधारमा । जात फेरेर बिभेद अन्य हुने भए धेरै बर्ष पहिले विभेद अन्त्यहुने थियो डा. साहेब ।


अहिलेको राजनीतिको अवस्था आफू सत्तामा हुँदा ब्यक्तिगत स्वार्थ परिपुर्ति गर्नका लागि हुने र सत्ता बाहिर हुदा सस्तो लोकप्रियता को लागि जनताको पक्षमा बोल्ने शैलिमा पुग्यो भन्दा गलत नहुन सक्छ ।

अबको हाम्रो छुवाछूत मुक्त समाजका लागि विभेद गरिएको जात हरुले समाजमा छाती फुलायर आफ्नो जात गर्वका साथ लेख्ने बाताबरण सृजना हुनु पर्दछ । र यसका लागि सर्बप्रथम आफ्नो आचरण र व्यबहार परिबर्तन गर्नु पर्दछ ।

अन्तरजातीय बिबाह, अन्तरजातीय भोजन केही मात्रामा हुदै आएका छन । यसका साथसाथै जुन सुकै कार्यमा फर्म भर्दा जात धर्म जस्ता सेक्सन राख्नु हुदैन ।

अनिवार्य शिक्षा लागू सगै बिधालय पुस्तकबाटै कसरि जातिय प्रथा सुरुवात भएको र कसरि परिबर्तन भैइ तल्लो जात को मानिसहरु भनेर हेपियका छन भन्ने कुरा बच्चा अवस्था बाट बुझाउनु पर्दछ । जातीय मुद्दा भएमा त्सको लागि छुट्टै फास्ट ट्र्याक न्यायालयको बेवस्था गर्नु पर्दछ ।


घरमा बसीबसी विश्व परिवेसलाई नियाल्ने आधुनिक समाजले आफू भित्रको कुसंस्कारलाई नियाल्न सकिरहेको छैन ।

नवराज विक र उनको प्रेम सम्बन्धलाई समाजका अपराधीले मानव संवेदनशीलतासँगै भेरी नदिमा बगाइदिएको घटना एउटा उदाहरण घटना मात्र हो य्सता जातियताका सयांै घटना हरु हाम्रो समाजमा एक पछी अर्को गर्दै घटिरहेका छन् ।

छुवाछुत र जातिय विभेदका पिडाले थिचिएका मेरा दाजुभाई दिदिबहिनी हरुको पीडा मैले अनुभव गर्न नसकेको र मेरा पुर्खाहरुले बनायको विभेदको पिल्लर म र म जस्ता ले हटाउन खोज्दा बल नपुगेको अनुभव उहाहरुले गर्न सक्नुहुन्न ।

यो पनि पढ्नुहोस

अत हामी सबै मिलेर आफ्नो आचरण परिबर्तन गरि यस विभेद लाई अन्य गर्न लाग्नु पर्दछ ।


लेखक विवेक लम्साल बि.एसजी एजी आठौं, संक्रान्तमा अध्यनरत हुनुहुन्छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *