Home / Society / प्रधानमन्त्री ओलिलाइ डा. केसीको सुझाव मेरो उपचार खर्च म आफैं बेहोर्छु ब्यक्ति विशेषको उपचार खर्च होइन बिपन्नलाइ निसुल्क उपचार गरौं

प्रधानमन्त्री ओलिलाइ डा. केसीको सुझाव मेरो उपचार खर्च म आफैं बेहोर्छु ब्यक्ति विशेषको उपचार खर्च होइन बिपन्नलाइ निसुल्क उपचार गरौं

काठमाडौँ: शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. गोबिन्द केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने बताए लगत्तै डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट विज्ञप्ति जारी गर्दै आफ्नो उपचार आफैं बेहोर्ने बताएका छ्न।

डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘म कोभिड -१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थ्यलाभको शुभकामना सन्देशका लागि धन्यवाद दिन चाहन्छु।

प्रधानमन्त्री ज्युले मेरो उपचार खर्च बेहोर्छु भन्नु भएको रहेछ त्यसका लागी धन्यवाद, मेरो उपचार खर्च म आफै बेहोर्छु बरु सरकारले नागरिकप्रतिको कर्तव्य पूरा गर्न अनुरोध गर्नु भएको छ।

साथै विपन्न गरिब कोरोना संक्रमितलाई निःशुल्क उपचार आवश्यक भए पनि उनीहरुले अहिलेसम्म उपचार नपाएकोमा गुनासो गर्नु भएको छ।

डा. केसीले व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा बिपन्न नागरिकको उपचारमा ध्यान दिन सरकारलाइ सुझाव दिनु भएको छ।

साथै आफूहरुसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए अहिले नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने अवस्था आइसक्ने पनि डा. केसीले बिज्ञप्तिमा उल्लेख गर्नु भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *