Home / Nepal / News / प्रदेश–१ उच्च पहाडी भू–भागमा र हिमाली भू–भागका केही स्थानमा हिमपताको सम्भावना

प्रदेश–१ उच्च पहाडी भू–भागमा र हिमाली भू–भागका केही स्थानमा हिमपताको सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकाको आज विहानको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । विहान साढे ७ बजेको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिँदै दिउँसो बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने मौसमविद् गंगा नगरकोटी बताउँछिन् ।  

प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने प्रदेश–१ उच्च पहाडी भू–भागमा छुट्पुट वर्षाको सम्भावना रहेको नगरकोटीले जानकारी दिइन् । यस्तै पूर्वी हिमाली भू–भागका केही स्थानमा हिमपताको सम्भावना रहेको छ ।

“पश्चिम, मध्ये तथा पूर्वी तराईका जिल्लामा विहान साढे ७ बजेसम्म हुस्सु तथा कुहिरो खासै नदेखिए पनि घाम लाग्दै जाँदा बढ्दै जाने सम्भावना हुन्छ,” मौसमविद् नगरकोटी भन्छिन्, “बाक्लो हुस्सु बढेको खण्डमा सडक तथा हवाइ सवारीमा कम भिजिविलिटीका कारण सतर्कता अपनाउन पर्ने हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *