Home / Society / धनुषामा तीन बर्षीया आफ्नै छोरी र पत्निमाथी एसिड प्रहार

धनुषामा तीन बर्षीया आफ्नै छोरी र पत्निमाथी एसिड प्रहार

जनकपुरधाम । धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उप–महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी तीन बर्षीया रिया साहमाथि सञ्जीव साहले एसिड प्रहार गरेका हुन।

पत्नीको कोठामा पु्गेर साहले एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा गरि झण्डै २० प्रतिशत शरीर जलेको छ भने छोरीको टाउँको र बायाँ हातमा एसिड परेको छ ।

दुवै जनाको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने सञ्जीवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *