काठमाडौं : बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा बोरुसिया मन्छेनग्लाडबाखलाई १–० गोल पराजित गरेको हो।
संघर्षपूर्ण जित निकालेको डर्टमण्ड जर्मन कप फुटबलको अन्तिम चारमा पुग्न सफल भयो। डर्टमण्डको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे। पहिलो हाफ गोल रहित बराबरी खेलेको डर्टमण्डले दोस्रो हाफमा गोल गरेको हो।
५३ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गरे पनि उनको गोलले मान्यता नपाएपछि जाडोन सान्चोले खेलको ६६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।






