Home / Nepal / प्रचण्ड –नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

प्रचण्ड –नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।

समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। आगामी रणनीति तयार गर्नका लागि बैठक बस्न लागेको नेताहरु बताउँछन्। प्रतिनिधि सभाको बैठक यहि फागुन २३ गते बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो।

त्यस्तै पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ। निर्वाचन आयोगले प्रचण्ड– नेपाल समूहले आधिकारिकता दावी गरेको एक महिना पुग्न लाग्दा समेत प्रक्रिया अघि बढाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *