Home / Nepal / कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाललाई सहयोग

कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाललाई सहयोग

(बेइजिङ) — चीनको एउटा कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको छ।

चीनको ह्वा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासलाई किट हस्तान्तरण गरेको हो।

उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले सहयोगस्वरुप ती सामग्री नेपाललाई निःशूल्क हस्तान्तरण गरेका हुन्।

त्यस अवसरमा बेइजिङ नगरपालिका वाणिज्य ब्यूरोका निर्देशक थान छङ्हाइ र बेइजिङ-काठमाडौँ अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिउ चियान् ली पनि उपस्थित थिए।


प्रति टेस्टिङ किटले एकजनामा कोरोना भाइरस सम्बन्धी परीक्षण गर्न सकिन्छ।

हाल विश्वका अन्य मुलुकमा पनि सो कम्पनीद्वारा उत्पादित किटहरू भाइरस जाँचका लागि प्रयोग भइरहेका छन्। चीनका लागि कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार बेइजिङबाट ती सामग्री भोली नै तिब्बतको ल्हासा पुग्नेछन्।

त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै ती सामग्री नेपाल पठाइनेछ। उनले भने, ‘किटको परिमाण अनुसार स्थलमार्गबाट नेपाल पठाउनु सस्तो सुलभ हुने भएकाले दाता कम्पनीले यो तरीका अपनाएको हो।’

२ हजार किटको मूल्य करीब ३० हजार अमेरिकी डलर बराबर छ भने सामानको वजन २५ किलो बराबर छ। नेपाल सरकारले मुलुकमा लक डाउन गरे पनि आमरूपमा परीक्षण गर्ने स्वास्थ्य सामग्री नभएकाले नीजि क्षेत्रलाई समेत गुहारिरहेका बेला बेइजिङस्थित दूतावासले आफ्नो तर्फबाट पहल गरेको हो।

दूतावासका अनुसार अन्य केही व्यवसायहरूले पनि सहयोग गर्ने रूचि देखाएका छन् तर ठोस निर्णय भइसकेको छैन। नेपालमा अहिलेसम्म कोरोना भाइरस जाँडपड्तालका लागि पर्याप्त किटको अभाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *