काठमाडौं । धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
सोमबार राति त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङमा पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना खाँड र दुई वर्षीया छोरी अञ्जिता खाँड रहेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।






