Home / Nepal / News / संसद् विघटन नयाँ ताजा युगतर्फको यात्रा हो, मासेको संसद्को हत्या गरेको होइन-शङ्कर पोखरेल

संसद् विघटन नयाँ ताजा युगतर्फको यात्रा हो, मासेको संसद्को हत्या गरेको होइन-शङ्कर पोखरेल

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संसद् विघटन नयाँ, ताजा जनादेशका लागि भएको दोहोर्‍याएका छन्।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन्, “प्रचण्ड कमरेडहरूले भनेझैँ संसद् मासेको, संसद्को हत्या गरेको नभई नयाँ जनादेशमार्फत् जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसद्को खोजी भएको हो।”

उनले प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदम नयाँ युगतर्फको यात्रा भएको बताएका छन्। नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले विघटनलाई राजनीतिक वैधता दिने प्रयास गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको औचित्य पुष्टि गर्ने प्रयास पनि गरेका छन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *