Home / Uncategorized / दिनहुँ हजारौं सवारी साधन गुड्ने दिल्लीका सडकहरू सुनसान

दिनहुँ हजारौं सवारी साधन गुड्ने दिल्लीका सडकहरू सुनसान

नयाँ दिल्ली — दिनहुँ हजारौं सवारी साधन गुड्ने दिल्लीका सडकहरू सुनसान छन् । मूल सडक देखि भित्री गल्लीहरुमा समेत फाट्टफुट्ट मात्र सवारी साधन चलेका छन् ।

पसलहरु सबै बन्दछन्।  मानिसहरूको ओहोरदोहोर पनि करिब छैन भन्दा हुन्छ । दिल्ली महानगरका बसहरू भने आंशिक रूपमा चलाइएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आव्हान गरेको जनता कर्फ्यु अन्तर्गत यसरी दिल्ली लगायत पुरै देश बन्द भएको हो ।

गत बिहीबार मोदीले देशबासीका नाममा सम्बोधन गर्दै सबैलाई आइतबार घरमै बसेर जनता कर्फ्युको पालना गर्न अव्हान गरेका थिए ।

भारतमा कोरोना महामारीको संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न मोदीबाट त्यस्तो आव्हान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *