काठमाडौं : नेकपा एमालेले स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्न निर्देशन दिएको छ। स्थायी कमिटी बैठकले यस्तो निर्देशन दिएको हो।
बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले पत्रकारलाई दिएको जानकारीअनुसार असोज ९ सम्म सबै पालिकास्तरको अधिवेशन सक्ने निर्णय भएको छ।
एमालेले साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ।






