Home / World News / भारतमा कोरोना भाइरसबाट तीन लाखभन्दा बढी सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट तीन लाखभन्दा बढी सङ्क्रमित

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट तीन लाखभन्दा बढी जना सङ्क्रमित भएका छन् ।

भारतको आर्थिक राजधानी समेत रहेको मुम्बई सम्मिलित महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभाबित छन् ।

पछिल्लो चौबिस घण्टामा ३८६ जनाको मृत्यु भएको हो ।
लकडाउन खुकुलो गरेपछि दैनिक औसतमा दश हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिदै आएको भारतमा पछिल्लो चौबिस घण्टामा करीब १२ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

शुक्रबार एकैदिन ११ हजार ४५८ जना नयाँ सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

एकैदिनमा थपिएका नयाँ सङ्क्रमितको संख्या यो अहिलेसम्मकै उच्च हो ।


भारतीय स्वास्थ्य मन्त्रलायका अनुसार भारतमा कोरोना सङ्क्रमितको संख्या तीन लाख आठ हजार ९९३ पुगेको छ । संयुक्त राज्य अमेरिका, रुस र ब्राजिल तीन लाख सङ्क्रमित भएका राष्ट्र हुन ।

तीनवटै राष्ट्रको अपेक्षा भारतको जनसंख्या अत्याधिक बढी रहेको छ । राजधानी नयाँ दिल्लीमा पछिल्लो १२ दिनमा सङ्क्रमित हुनेको संख्या २१ प्रतिशतले बढेको छ ।

नयाँ दिल्लीमा सङ्क्रमित हुने ३६ हजार ८२४ छन् । आर्थिक राजधानी महाराष्ट्रमा एक लाख एक हजार १४१ जना सङ्क्रमित छन् ।


भारतमा पहिलो सङ्क्रमित फेला परेको ७८ दिनपछि एक लाख सङ्क्रमित पुगेको थियो । दोस्रो एक लाख पुग्न मात्र १५ दिन लागेको छ ।


भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क बमोजिम कोरोनाभाइरसका एक लाख ५४ हजार ३२९ जना बिरामी कोरोनामुक्त भएका छन् ।

सक्रिय बिरामीको संख्या एक लाख ४५ हजार ७७९ रहेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *