Home / Society / होम क्वारेन्टीनमा बसेका बाबु छोराको मृत्यु आमाको अवस्था गम्भिर

होम क्वारेन्टीनमा बसेका बाबु छोराको मृत्यु आमाको अवस्था गम्भिर

भारतको उत्तर प्रदेश प्रान्तको राजधानी लखनउमा रहेको कृष्णा नगर थाना क्षेत्रमा घरैमा होम क्वारेन्टीनमा बसेका बाबु छोराको मृत्यु भएको छ।

लाशको दुर्गन्ध आएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयहरुले घरको ढोका फोरेका हेर्दा दुईजनाको लाश देखिएको बिबिसि हिन्दिले जनाएको छ ।

परिवारका तिन जना मध्धे पत्नी रञ्जना को स्थिति निकै गम्भीर छ । कोरोना संक्रमित भएपछि तीनैजना घरैमा उपचार गरेर बसेका थिए ।

रञ्जना अपांगता भएकी महिला भएकाले कतै जान नसकेकी र पति र छोराको मृत्युपछि उनी निकै चिच्याउँदा समेत कसैले नसुनेको प्रहरीले जनाएको छ।

प्रहरीले पिता र पुत्रको शव पोस्टमोर्टमका लागि पठाएको छ भने रञ्जनालाई उपचारका लागि लोकबन्धु अस्पताल लगिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *