जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रतिष्ठानको शिक्षण अस्पतालमा गरिएको ५० जनाको पीसीआर परीक्षणमा २४ जनामा कोरोना पोजिटिभ देखिएको हो। अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।
संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा भर्ना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।






