Home / Nepal / कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति कतारबाट आएको खुलासा

कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति कतारबाट आएको खुलासा

काठमाडौं, १२ चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको लक्षण देखिएपछि गत चैत १० गते परीक्षणका लागि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिएको थियो ।

उनी दुबईबाट चैत ६ स्वदेश फर्किएका थिए । कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको हो ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा पनि संक्रमण पत्ता लागेको थियो । कोरोनाभाइरसबाट संक्रमित तीन जनामध्ये १ जना सामान्य अवस्थामा फर्किसकेको स्वास्थ्यमन्त्रालयले बताएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएको छ । नमुना परीक्षण गरीएकामध्ये तीन जनामा मात्र कोरोनाभाइरस संक्रमित पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *