Home / Nepal / लन्डनमा कोरोना संक्रमित एक नेपाली महिला उपचारपछि निको

लन्डनमा कोरोना संक्रमित एक नेपाली महिला उपचारपछि निको

लन्डन — लन्डनमा कोरोना संक्रमित एक नेपाली महिला उपचारपछि निको भएर घर फर्किएकी छन्।

कोभिड-१९ पोजिटिभ देखिएपछि गत शुक्रबार अस्पताल भर्ना भएकी भगवती रानाभाट मंगलबार डिस्चार्ज भएको उनका पतिले जानकारी दिए। ‘चिकित्सकहरुको बैठकपछि उनलाई डिस्चार्ज गर्ने निर्णय भएको रहेछ। अहिले हामी एउटै घर तर बेग्लै कोठामा छौं। उनी पूर्णरुपमा स्वस्थ छिन्।’

अस्पतालले श्रीमानसहित छोराछोरीलाई घरमा ‘सेल्फ आइसोलेसन’ मा बस्न भनेको थियो। १० दिनको सेल्फ आइसोलेसनपछि क्रिटिकल केयर युनिटमा उपचार गरिरहँदा उनले फेसबुकमा आफ्नो अस्पतालको तस्बिरसहित स्टाटस राखेर सबैलाई सतर्क रहन सबैमा अपिल गरेकी थिइन्।

उच्च ज्वरो औषधिले निको नभएपछि उनलाई अस्पताल लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *