Home / World News / पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख २० हजार ५१० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख २० हजार ५१० कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभरमा पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५१० कोरोना संक्रमित थपिएका छन् । 

अमेरिकामा २० हजार ३२२, ब्राजिलमा सबैभन्दा धेरै २७ हजार ३१३ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । रुसमा ८ हजार ५३६, भारतमा ९ हजार ६३३ संक्रमित २४ घण्टामा थपिएका छन् । 

महामारीका रुपमा फैलिएको कोरानाको संक्रमण हालसम्म विश्वभरमा साढे ६५ लाखभन्दा धेरैमा भइसकेको छ ।

यसमध्ये साढे ३१ लाख निको भइसकेका छन् । ५४ हजार संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *