Home / Nepal / News / नेपालमा कोरोना संक्रमितको संख्या ६०३ जना पुग्यो, १९ जना नयाँ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ६०३ जना पुग्यो, १९ जना नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६०३ जना पुगेको छ । आईतबार १९ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले बताएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङ एक, बारा एक, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना थपिएको बताए ।

कोरोना संक्रमण देखिने जिल्ला ४२ पुगेको उनले बताए । कोरोना निको हुनेको संख्या ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=7r9a8jgB8uY&t=78s

Leave a Reply

Your email address will not be published. Required fields are marked *