Home / World News / एम्स अस्पतालका वरिष्ठ चिकित्सक पाण्डेयको कोरोनाका कारण मृत्यु

एम्स अस्पतालका वरिष्ठ चिकित्सक पाण्डेयको कोरोनाका कारण मृत्यु


नया दिल्ली । नया दिल्लीका एक वरिष्ठ चिकित्सक जितेन्द्र नाथ पाण्डेयको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

पीटीआईका अनुसार ७९ वर्षीय पाण्डेय दिल्लीस्थित एम्स अस्पतालका पुलमोनोलोजी विभागका निर्देशक थिए । 

एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले डाक्टर पाण्डेय र उनकी पत्नीको कोरोना परीक्षणको रिपोर्ट मंगलबार पोजेटिभ आएको जानकारी दिए । संक्रमणको सामान्य लक्षण देखिएका उनीहरुले घरमा नै आइसोलेसनमा बस्ने निर्णय गरेका थिए । 

डा.गुलेरियाले भने, ‘विद्या र नम्रता एक साथ रहन सक्दैन र डाक्टर पाण्डेय यसका साक्षात उदाहरण हुनुहुन्थ्यो । उहाँ एम्समा एमबीबीएस विद्यार्थीका रुपमा आएर मेडिसिन विभागको प्रमुख पदबाट रिटायर हुनुभएको थियो ।’
 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *