Home / Nepal / नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौं, १४ चैत । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

अहिले सम्म विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २४ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ हजार ७ सय ८८ जनाले कोरोनो भाइरसका कारण ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *