Home / Nepal / कोरोना निको हुनेको संख्या एक सय ५५ पुग्यो

कोरोना निको हुनेको संख्या एक सय ५५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक सय ५५ जना पुगेको छ । संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या एक सय ५५ पुगेको जानकारी दिए ।

उनले भने “कोरोना निको हुनेमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन् ।”

आजै मात्र थप ९० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको उनले जानकारी दिए ।

कोरोना संक्रमण देशका ४६ जिल्लामा देखिएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *