Home / Nepal / News / बीरगञ्जमा पाँच जना स्वास्थकर्मीसहित थप १८ जनामा कोरोना संक्रमण

बीरगञ्जमा पाँच जना स्वास्थकर्मीसहित थप १८ जनामा कोरोना संक्रमण

वीरगञ्ज । सरकारले लकडाउन पूर्ण रुपमा खोलेपछि देशभर कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको छ ।

पछिल्लो पटक पर्सामा पाँच जना स्वास्थकर्मीसहित थप १८ जनामा कोरोना संक्रमित भएका छन ।


बीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

कन्ट्याक्ट् ट्रेसिङको आधारमा गत साउन ७ , ८ र ९ गते उनीहरुको स्वाब संकलन गरि गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

संक्रमित १८ जना मध्ये वीरगञ्ज महानगरपालिका १३ जना रहेका छन् भने बाँकी ६ जना पर्सागढी नगर पालिकाका रहेका छन ।

पर्सागढी नगरपालिकाका संक्रमित मध्ये ५ जना नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी रहेको नारायणी अस्पतालले जानकारी दिएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *