Home / Nepal / कोरोना कहर (कविता)

कोरोना कहर (कविता)

रचनाकार : जनक दयाल


जता ततै कोरना तिम्रै छ कहर
तिमी नपुगेको छैन कतै सहर।
फैलियौ भाइरस बनी वुहान हुदै
छोडेनौ तिमिले विश्व भर कतै ।


अमेरिका, स्पेन, भारत ,इटालि
रहेनन कोहि यो भन्दा शक्तिशाली ।
माहामरी फैलियौ सन्सार भरि
कति अलपत्र त कतै भोकमरी ।


कथा, बेथा बुझेनौ कसैको बिचार
रेडियो, टि.भि. बने तिम्रै समाचार ।
प्रतिबन्ध नै भयो आफन्त आउन
सुरक्षीत हुने उपाय नै लकडाउन ।


सिमा नाका सबै रहेका छन बन्द
कति आवाजहरु बनायौ बुलन्द ।
कयौंको बिचल्ली ,कयौंको बाटोको बास
हिडेका छन पैदल यात्री, बोकेर साहस ।


बिस्व भ्रमण गर्ने रहेको छ तिम्रो यात्रा
मानव जिवन नै बनाएको छौ यत्रतत्र ।
खोज्दैछौ जोडिएका सम्बन्ध छुटाउन
जोडीन खोज्दै गरेका सम्बन्ध फुटाउन।


पुग्यौं गल्ली, बस्ती अनि कुनाकुन्दुरा
सजाएका सपना पार्यौ आदि अधुरा।
कल्पना, सपना कति थिए होला रहर
आयौ कोरना फैलायौ जहर बन्यौ कहर।

रचनाकार दयाल माध्यमिक विद्यालयमा बिज्ञान शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *