काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
अघिल्लो २४ घण्टामा ४ हजार ५८८ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख २१ हजार ४६२ जनाको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या २ करोड ४० लाख २१ हजार २१८ पुगेको छ ।






