Home / Nepal / News / भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ७५ हजार ७६० संक्रमित थपिए

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ७५ हजार ७६० संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा कोरोनाले ६० हजार ४७२ को मृत्यु भइसकेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा १ हजार २३ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३३ लाख १० हजार २३४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । 

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ । 
 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *