Home / Nepal / News / एकैदिन अहिलेसम्मकै धेरै १०१६ जना कोरोना संक्रमित थपिए

एकैदिन अहिलेसम्मकै धेरै १०१६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार १६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च एक हजार १६ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ५८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६२ दशमलव २ प्रतिशत रहेको छ ।

आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५६३  रहेको छ ।  

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ८२ हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर दुई हजार ८८७ जना होम आइसोलेसनमा रहेका छन् । आजसम्म देशभर १३ हजार ९२६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लााहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् ।

संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा  र हुम्लामा संक्रमण शून्य देखिन्छ । 

हालसम्म ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् ।

शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर गरिएको १२ हजार ३४७ पीसीआर परीक्षणमा ६४१ मा कोरोना पोजेटिभ देखिएको हो । आइतबार १३४ जना अस्पतालबाट डिस्चार्ज भएका थिए । ११ हजार ५२ को पीसीआर परीक्षण गर्दा सोमबार ५८१ कोरोना संक्रमित थपिएका छन् भने १६० जना डिस्चार्ज भएका छन् । 

 हालसम्म देशभर कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *