Home / Nepal / News / मकवानपुरका थप २६ जनामा कोरोना पुष्टि।

मकवानपुरका थप २६ जनामा कोरोना पुष्टि।

हेटौंडा/ मकवानपुरमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। उनीहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका हुन्।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप २६ जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका १८ जना मकवानपुरकागढि गाउँपालिकाका २ जना र बागमती गाउँपालिकाका १ रहेका छन्।

त्यस्तै विभिन्न स्थानहरु बाट हेटौंडामा काम गर्न आएका ५ जना कर्मचारीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *