Home / Nepal / कोरोना भाइरस नियन्त्रणबारे के भने प्रधानमन्त्रीले

कोरोना भाइरस नियन्त्रणबारे के भने प्रधानमन्त्रीले

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गरेका छन्।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको पनि जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *