Home / Nepal / नेपाल एयरलाइन्सद्धाराभारतका सबै शहरमा उडान स्थगित

नेपाल एयरलाइन्सद्धाराभारतका सबै शहरमा उडान स्थगित

काठमाडौं, ७ चैत । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ ।

अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ ।

यसअघि भारतले २२ तारीखबाट सबै अन्तर्राष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *