NepalSociety

विभिन्‍न जिल्लाका १०५ प्रहरीमा कोरोना संक्रमण, ८९ जना डिस्चार्ज

Spread the love

काठमाडौं । विभिन्‍न जिल्लाका १०५ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ८९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३१ हवल्दार, ५४ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमध्ये दुई महिला र १०३ पुरुष छन् ।

संक्रमित प्रहरीमा काठमाडौंका ८, भक्तपुरका १, धनकुटाका २, बाराका ७, धनुषाका १०, सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बाग्लुङका १, बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका दुईजना छन् । 

यस्तै जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्‍चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो समय संक्रमित प्रहरीको निको हुने दर बढेको छ । कोरोनामुक्त भएका प्रहरीलाई नियमित कामकाजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *