Home / Nepal / पृथ्वी राजमार्गको हालत झनै खराब बन्दै, काठमाडौं आउने सयौं सवारीसाधन मुग्लिङ फर्किए

पृथ्वी राजमार्गको हालत झनै खराब बन्दै, काठमाडौं आउने सयौं सवारीसाधन मुग्लिङ फर्किए

काठमाडौ । आइतबार रातिदेखि देशभर परेको अविरल वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा क्षति पुग्दा आवागमन ठप्प भएको छ । सडककाे पहिराे पन्छाउन अझै केही समय लाग्न सक्ने अधिकारीहरुले बताएका छन् ।

चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो ।

खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ । पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् ।

यसैगरी बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *