Home / Nepal / News / नेपालमा थपिए २०१ संक्रमित, संक्रमितको संख्या २३ सय पुग्यो

नेपालमा थपिए २०१ संक्रमित, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसका २०१ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०१ संक्रमित थपिएका हुन् ।

यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम ८ जनाको मृत्यु भएको छ भने २७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

आज मात्रै १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसअघि हिजो (मंगलवार) एकैपटक नेपालमा २८८ जना कोरोना संक्रमित फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *