Home / Nepal / केएमसीमा थप डक्टर र नर्समा कोरोना देखिन थाले पछि अस्पताल पुरै बन्द

केएमसीमा थप डक्टर र नर्समा कोरोना देखिन थाले पछि अस्पताल पुरै बन्द

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालका २ जना चिकित्सक र एक जना नर्स सहित २ जना बिरामी समेत गरि ५ जनामा कोरोना संक्रण प्रमाणित भएको छ ।

ट्रेसिङ कार्य जारी रहेको र संक्रमितको चिकित्सकको संख्या मंगलबार सम्म एक रहेकोमा बुधबार अर्को एक जना चिकित्सक पनि थपिएका छन् ।

मंगलबार ४ जना संक्रमित देखिएसँगै राती नै सूचना निकालेर अस्पताल बन्द गरिएको केएमसी मेडिकल कलेजका प्रमुख प्रा.डा.चन्दा कार्कीले बताउँनुभयो ।

केएमसीले कोरोना विशेष अस्पताल दुवाकोट भक्तपुरमा स्थापना गरेको भएपनि सिनामंगलमा हिजो बिरामी, चिकित्सक र नर्समा कोरोना संक्रमण देखियो र आज थप एक जना चिकित्सकलाई पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको अस्पतालले मंगलबार राती जारी गरेको सूचनामा उल्लेख छ ।

चिकित्सक र बिरामीमा कोरोना संक्रमण भएको भन्दै अस्पतालको आकस्मिक सेवा समेत बन्द गरिएको छ ।

अस्पतालमा अहिले पनि ६० भन्दा बढी बिरामी सोही अवस्पतालमा उपचार गराईरहेका छन् ।

बिरामी र कुरुवाहरुको स्वाब कलेक्सन गरि परिक्षण रिपोर्ट नआएसम्म अस्पताल बाहिर जान रोक लगाएको मेडिकल कलेजका प्रमुख डा. कार्कीले बताउनुभयो ।

जतिपनि भर्ना भएका बिरामी हुनुहुन्छ उहाँहरुको सुरक्षित तरिकाले यहि अस्पतालमा उपचार भैरहेको छ ।

यस्तो अवस्थामा संक्रमित अस्पताललाई सिल गरि भर्ना भएका बिरामीलाई डिस्चार्ज नगरि परिक्षण गर्नुपर्ने हुन्छ ।

बिरामी मात्र नभै ट्रेसिङमा बिरामी कुरुवा, भिजिटर, चिकित्सक, नर्स, कर्मचारी सबै तानिने हुनाले झण्डै २ सयको हाराहारीमा टे«सिङको संख्या पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

यदि यो अस्पतालको क्षमता भन्दा बढी संख्यामा संक्रमण देखिएमा सरकारले संक्रमितहरुलाई व्यवस्थित तरिकाले अर्को अस्पतालमा सार्न सक्छ । यतिबेला कसैले चाहेर पनि डिस्चार्ज भने हुन नपाउने डा.कार्कीले बताउनुभयो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *